दफा
अदालतको अधिकार
अदालतलाई देहाय बमोजिमको अधिकार हुनेछः-
(क) सम्बन्धित निकाय वा अधिकारीले गरेको निर्णय वा
अन्तिम आदेशलाई सदर बदर वा आंशिक बदर गर्ने
(ख) सम्बन्धित निकाय वा अधिकारीले कुनै प्रमाण बुझ्न
छुटाएको रहेछ भने सो प्रमाण बुझ्न वा मुद्दाको लगत कायमै राखी त्यस्तो प्रमाण बुझ्नको लागि मिसिल सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउने
(ग) सम्बन्धित पक्षसँग केही कुरा बुझ्नु पर्ने देखिएमा सो पक्ष
झिकाई बुझ्ने र सम्बन्धित कागजपत्र दाखिल गर्न लगाउने ।